समाचार

ए
हठी
जिन्दगी १
जिद छोड
साथ नछोड
के हतार यस्तो
बिस्तारै हिँडौँ बाटो
केही त मायाँ गरिदे
हिँडेको छु तेरै भरमा
नपार अलपत्र मलाई
तोडिदे न तेरा नियम
बुझिदे मनको कुरा
बलवान् छस् धेरै तँ
म निर्धो छु अति
दया गरिदे
जिउँन दे
निर्धक्क
बिन्ती
छ ।
मिलन बोहोरा