हिन्दी लेख
 
								 
							यही प्रेम, प्रेम भनी जीवनभरि गाउने !
यही प्रेम पाउनलाई प्रेमनगर धाउने !
तर यही  प्रेम  बन्छ ठूलो अपराध  !!
पागल प्रेमीप्रेमिकाले अति हण्डर पाउने !
हुन्न नियम हृदयको तीनै भूगोलमा !
कुनै छवि,अति सुन्दर हृदयमा छाउने !
लुकी लुकी लायो माया बाहिरिए, स्वाहा !
चियो गर्छ दुनियाँले, जोडी मुस्कुराउने !!
प्रेमकथा पीडायुक्त मिलन वियोग मिलन !
लैला-मजनू राधाकृष्ण कति गुन्गुनाउने !! ?
धनराज गिरी