१.
स्कूल
हो !
आज
त्यो बच्चा
कत्ति खुशी
भएको थियो
लाग्यो यस्तो की
आमाबाट छुटेको
नानिको मिलाप भयो
आफ्नो भविष्य त देख्यो
हराएको…….अन्धकारमा
जूनकिरीझैँ आएको बत्ती
सानो नै भए पनि स्पष्ट
सपना बोकी आएको
आशाले सजाएका
किताब कलम
ती यूनिफर्म
सपनाथ्यो
साकार
आज
भो ।
२.
दुर्भाग्य
ऊ
पनि
मानिस
समाजमा
अवहेलित
भएर बाँचेको
यो विज्ञ समाजको
अनैतिक अज्ञानता
अहङ्कारी सूत्र आधार
पैसाको धनी, ज्ञानको धनी
अन्यथा मान्छे भनिँदैन ।
जातिभेद सानो ठुलो
समाज बिरोधीझैँ
अपव्यबहार
गरिन्छ यहाँ ।
बुद्धिजीवी
मानिने
जीव
को ।
लोकनाथ शर्मा
तिनसुकिया (असम)
[email protected]