• २०८१ बैशाख ८ शनिवार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

भन्छन् सबै मैँ राम्री छु रे, साँच्चै भने जानेर
आफ्नो मलाई ठानेर, कसले लाने छानेर ।

चिठी धेरै आउँछन् फोन भने कति हो कति
कस्तो होला भन्थेँ म बल्ल थाहा भयो पिरती
भन्छन् सबै मैँ चरी हुँ रे, साँच्चै भने जानेर
आफ्नो मलाई ठानेर, कसले लाने छानेर ।

चुरा लाएँ, टिकी लाएँ ओठमा मेरो लाली छ
सजिएँ सोह्रै श्रृङ्गारले तर सिउँदो खाली छ
भन्छन् सबै मैँ परी हुँ रे, साँच्चै भने जानेर
आफ्नो मलाई ठानेर, कसले लाने छानेर ।


– डम्बर बिकेल