कविता

काठमाडौँ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा लेखक तथा उपन्यासकार भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार श्यामलले उपन्यास धरौट सार्वजनिक गरेका हुन् । उपन्यासले द्वन्द्वको घाउ बोलेको कार्यक्रममा श्यामलले भनेका छन् ।
उपन्यासलाई इटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो । कार्यक्रम बाल साहित्यकार तथा इटर्नल पब्लिकेसन्सका प्रबन्ध निर्देशक यमुना पराजुलीको सभापतित्वमा सञ्चालन भएको थियो । उपन्यासमा तत्कालीन दश वर्षे जनयुद्धको त्रासद वर्णनका साथै बाहिर नआएका कतिपय वैदेशिक रोजगारका भित्री कथाहरू समेटिएको छ ।
वक्ताहरू लेखक तथा पत्रकार श्रीश भण्डारी र साहित्यकार भारती न्यौपानेले कार्यक्रममा किताबबारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कवि राधिका कल्पित, प्रकाश रम्घाली, देवव्रत, मणि लोहनी, प्रोल्लास सिन्धुलीय, सञ्जीव राई, रसिकराज लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।