कविता

‘यशस्वी बुक अवार्ड २०८१’ विभिन्न विधामा ६ वटा पुस्तकलाई प्रदान गरिने भएको छ ।
यशस्वी प्रज्ञा प्रतिष्ठानकी निर्देशक रन्जना निरौलाको प्रेस विज्ञप्ति अनुसार देवव्रतको कवितासंग्रह ‘अस्वस्थामाको निधारबाट बागमती बग्छ’, मुना चौधरीको आख्यान ‘लार’, मोमिला जोशीको गैरआख्यान ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’लाई संयुक्त, रोहिणी राणाको ‘द नेपाली कुक बुकु (अंग्रेजी) र विविध विधा अन्तर्गत यज्ञराज उपाध्यायको अनुसन्धात्मक कृति ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’ लाई प्रदान गरिने छ । उक्त पुरस्कारहरू यहि भदौ २२ गते हुने काठमाडौँ–कलिंग साहित्यिक महोत्सवमा प्रदान गरिने छ । पुरस्कारको राशी बीस हजार रहेको छ ।