• २०८२ बैशाख ५ शुक्रबार

नारायण ज्ञवालीको ‘आँखामा कैलास अँजुलीमा मानस’ लोकार्पण

दायित्व वाङमय प्रतिष्ठानले नारायण ज्ञवालीको ‘आँखामा कैलास अँजुलीमा मानस यात्रावृत्तान्त’ को लोकार्पण गरेको छ । दायित्व वाङमय प्रतिष्ठानका उपाध्यक्ष भागवत ढकालको अध्यक्षता र वरिष्ठ साहित्यकार ‘रचना’ पत्रिकाका प्रधानसम्पादक रोचक घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष भागवत ढकाल, प्रमुख अतिथि रोचक घिमिरे, संस्थाका अध्यक्ष रामप्रसाद पन्त लगायतले कृतिको लोकार्पण गरेका थिए ।

ठाकुर शर्मा भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्राडा लेखप्रसाद निरौलाले समीक्षात्मक टिप्पणी गरेका थिए । लीलामणि पौडेल, कृष्ण ज्ञवाली, रामबाबु नेपाल र रामप्रसाद पन्तले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वक्ताहरूले ज्ञवालीको यात्रावृत्तान्तले नयाँनयाँ विषयवस्तुको जानकारी सान्दर्भिक ढंगले प्रस्तुत गरेको बताए ।

कार्यक्रममा कृतिकार नारायण ज्ञवाली र उनकी धर्मपत्नी कमला ज्ञवालीलाई माला लगाइदिंदै सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । दायित्व वाङमय प्रतिष्ठानका महासचिव साहित्यकार यादव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा चुडामणि गौतम, छायादत्र् न्यौपाने, ध्रुव मधिकर्मी, नारायण भण्डारी, निर्मल पराजुली, विजयध्वज थापा, प्रतीक घिमिरे, रूद्र अधिकारी, ललिता दोषी लगायत सयौं स्रष्टा शुभेच्छुकको उपस्थिति रहेको थियो ।