कविता

दीपेन्द्रराज तिम्सिनाको अनुसन्धानात्मक कृति ुगुमनाम एक इतिहास बिसे नगर्ची’ प्रकाशनमा गरिएको छ । पृथ्वीनारायण शाह र उनका बुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीको विषयमा गहिरो खोज, अनुसन्धान गरी दीपेन्द्रराज तिम्सिनाले यो पुस्तक प्रकाशनमा ल्याएका हुन् । बिसेको जन्म स्थल गोरखा पुगेर उनलाई र उनको सन्तान, छोरालाई दिएको सनदपत्र, लालमोहर, बिसेका सन्तानसहित भेटेर गहिरो अध्ययनसहित यो पुस्तक लेखेको लेखक तिम्सिनाले बताए ।
उनले भने, ‘नेपालका पुराना इतिहासकारसँग सोधखोज गरी किताब लेखिएको छ । विभिन्न समयमा इतिहासकारहरूले लेखेका ऐतिहासिक दस्तावेजमा पनि बिसेले नुवाकोट २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सही समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास पाइन्छ ।’
पुस्तकको प्रकाशक लीला निरौला तिम्सिना रहेकी छन् । ४० वटा उपशीर्षकमा लेखिए यो पुस्तक दमक स्रष्टा छापाखानाले छापेको हो । पुस्तक १५६ पृष्ठमा फैलिएको छ । यस अघि तिम्सिनाले टेलिफोन डायरी, मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नं २ एक चिनारी, पथरी शनिश्चरे नगरपालिका एक चिनारी, जेसीज दस्तावेजः विगतदेखि वर्तमानसम्म (प्रथम संस्करण), ‘माइखोलादेखि पुनर्वाससम्म’लगायतका दर्जन पुस्तक लेखिसकका छन् ।