समाचार

तिमी देख्न
अब यस्तो लाग्दैन कि
तिमीलाई हेर्नैपर्छ
लाग्दैन- बाँच्न अब
सास मैले फेर्नैपर्छ
माया गर्न
यो पनि सोच्दिनँ
अँगालोले बेर्नैपर्छ ।
मायाको उदात्तताको सामु
आकाशै म खुम्चिलो देख्छु
त्यहीँ नै मेरो स्वर्ग खुल्छ
पाइताला म जहाँ टेक्छु
त्यसैले म
मायामा कविता हैन
कवितामा माया लेख्छु ।
साभार: वसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)