समाचार

नेपाल प्रज्ञाप्रतिष्ठानमा बालसाहित्य समाज र नेपाल प्रज्ञाप्रतिष्ठानले संयुक्त रूपमा बालस्रष्टा अपेक्षा बास्तोलाको बालकथासङ्ग्रह ‘भयको तस्बिर’ लोकार्पण गरेको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल बालसाहित्य समाजका अध्यक्ष, प्रमोद प्रधान, संस्थापक अध्यक्ष प्रा. डा. चूडामणि बन्धु र संस्थापक सचिव प्रा. रामकुमार पाँडेले संयुक्त रूपमा बालकथासङ्ग्रहको लोकार्पण गरेका थिए । सोलुखुम्बुकी कथाकार अपेक्षा हाल हिमरश्मि मा. वि. तारकेश्वर, काठमाडौंकी छात्रा हुन् । ‘भयको तस्बिर’ उनको पहिलो प्रकाशित कृति हो । २०७६ सालमा ‘बालप्रज्ञा’ मा पहिलोपटक ‘मेरो बन्दाबन्दी अनुभव’ शीर्षकको निबन्ध छापेर लेखन यात्रामा लागेकी उनका विभिन्न पत्रपत्रिकामा सिर्जनाहरू छापिंदै आएका छन् ।
जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा बालगायिका प्रिती विक (सुर्खेत) र बालसर्जक आकाश सुनुवार (रामेछाप) लाई पुरस्कृत गरिएको थियो ।