कविता

जलायौ दियो जलायौ, मायाको दियो जलायौ पहिले
मुटुमा मेरो मुटुमा, छुरा किन चलायौ अहिले
भुल हो, रस चुसी फूलको, भमरा भाग्नु भुल हो
शूल भो, नौनी झैँ मेरो मनमा, तिम्रो प्रेम शूल भो
पलायौ मुना पलायौ, प्रीतिको मुना पलायौ पहिले
मुटुमा मेरो मुटुमा, छुरा किन चलायौ अहिले
धोका हो, ज्योति चोरी जूनको, घाम लाग्नु धोका हो
ढोका भो, आकाशझैँ मेरो मन, तिम्रो बन्द ढोका भो
गलायौ मन गलायौ, प्यारमा मन गलायौ पहिले
मुटुमा मेरो मुटुमा, छुरा किन चलायौ अहिले ।।
डम्बर बिकेल