• २०८१ कातिर्क २१ बुधबार

गीत…

राजेश ढुंगाना

राजेश ढुंगाना

यो तिम्रो कथा हो, मेरो पनि
नयाँ पनि हो र पुरानो पनि
एउटा झिल्को हो यो आगोको
र, पानीको एउटा सिंगो समुद्र पनि
बल्छ आफै, बग्छ आफै
यो तिम्रो कथा हो र सँगै मेरो पनि

एउटा जीवन हो यो, हो एउटा मृत्यु
न रोकिन्छ, न त छेकिन्छ नै
यो तिम्रो कथा हो र मेरो पनि
न त भत्किन्छ, न त देखिन्छ नै
यो कथा हो मायाको
न त नयाँ हो, न त पुरानो नै

यो तिम्रो कथा हो र मेरो पनि
नयाँ पनि हो र पुरानो पनि ।


राजेश ढुंगाना