कविता

काठमाडौँ ।
घिमिरे निवास धापाखेलमा आयोजित एक कार्यक्रममा कवि रत्न विरही घिमिरेको सातौ कवितासङ्ग्रहु ‘विकिर्ण चिन्तन’ उपस्थित सबै अतिथिहरू द्वारा सार्वजनिक गरिएको छ । कविको पचासौंँ जन्म दिवसको उपलक्षमा ५० लेखिएको केक काटेर पुस्तकको लोकार्पण गरिएको थियो ।
स्वस्ती वाचनबाट कार्यक्रम गरिएको कार्यक्रममा कवि रत्न विरही घिमिरेका भाइ कवि शिव घिमिरेले सात श्लोकको कविता वाचन गरी कलात्मक फ्रेममा सजाएर समर्पण गरेका थिए । कवि रामप्रसाद घिमिरे ,चिरञ्जीवी सिग्देल र सावित्रीले पनि शुभकामना शब्द फ्रेम गरी प्रदान गरेका थिए । अतिथिहरूले जन्मदिनमा कविलाई फूलमाला,खादा, टोपी र नेपाली ढाकाको खास्टो ओढाएर सम्मान अर्पण गरेका थिए ।