• २०८१ माघ ५ शनिवार

इनास राष्ट्रिय सम्मान अनेसासका संस्थापक सुवेदीलाई

अन्तर्राष्ट्रिय नेपालीकलाकार समाज (इनास)अमेरिकाले अमेरिकामा रहेर कला ,संगीत, साहित्य ,समाजसेवा ,खेलकुद ,पत्रकारितालगायत विभिन्न क्षेत्र विशेष योगदान र्पुयाउने आधादर्जन भन्दा व्यक्तित्वलाई सम्मान गरेको छ ।मेरिल्याण्ड राज्यको बाल्टिमोरमा इनास अमेरिकाद्वारा आयोजित इनास राष्ट्रिय सम्मान तथा साँस्कृतिक साँझ २०२२ नामक कार्यक्रममा सम्मान गरेको हो ।

सम्मानित हुने ब्यक्तित्वहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष साहित्यकार होमनाथ सुवेदी, गायिका सपनाश्री , चलचित्र निर्मात्री तथा कलाकार अनसुया श्रेष्ठ वन्त, सामाजिक अभियन्ता डा. श्याम कार्की, डा. विष्णुमाया परियार, खेलाडी विना खड्का लामा तथा ईनेप्लिजका पत्रकारद्वय विश्वराज थापा र विजय थापा रहेका छन ।