• २०८१ मंसिर १७ सोमबार

तैट !

 धनराज गिरी

धनराज गिरी

के हुन्थ्यो सर, सबै उस्तै ! कसलाई पत्याउने ? को सही ? कसले बोल्छ सत्य ?वास्ता नगर्ने सर ! भाइब्रेट नहुने ! एक आवाज, केन्द्रबाट ।ऊ, परिधि, मोफसल, असलहरूको असल, आत्मीयता, सद्भावको पसल । सगरमाथाहरूको पनि सगरमाथा, मानेमा । ऊ, सदाबहार ऊ, निर्दोष जीवन, ऊ ।
ह्या, गुरुदेव पनि, त्यस्तो पनि लेखिन्छ त लेख्न जानियो भनेर ? ९८५ सबै भुस लेखिन्छ यो देशमा, ससुराको किताब आए, जुवाइले बुहारीले, वाह, वाह, वाह, यही होइन नेपाल !! ? हामीले नचिनेको देश हो ? ह्या सर, छोड्नुस् ! लुतो न साउन एक गते ! अर्की चेली, दुर्बोध्य आवाज । ऊ, कन्फ्यूज्ड !

ह्या गुरुदेव, लोड सेडिङ्ग, जेमा पनि, सबै उदास, दिने उदास, पाउने उदास, नो बिन्दास, नो झकास, हो लकाश ! कुन कुन मन्दिरको प्रसाद कुन कुन भक्त र भक्तिनीले कसरी पाए, पाउनेछन् अझै, हामीलाई थाहा छैन र ? चुनाव निष्पक्ष हुन्छ, हाम्रै पक्षमा हुन्छ । स्वस्थानी परम्परा, गणेश भाग्य, कर्ण नियति, योग्य ? को योग्य ? कसरी योग्य ? हेमा मालिनीले पत्याइन् धर्मेन्द्र योग्य ! जसले हान्यो उसले जान्यो, जसको शक्ति उसको भक्ति ! उचाइ र ?केको उचाइ ? गुरुदेव, हजुर सोझो मान्छे ! मूर्ख ! हो, यहाँ राम्रो पनि भएको छ, राम्रो मान्न सके ! मन उदार गराए ! पुरस्कार इत्तेफाक हो, पुरस्कार अनन्त उज्यालो यात्रा हो, पुरस्कार जसलाई दिए पनि हुन्छ । फेसबुक कथालाई शारदाश्री पुरस्कार दिने, संक्रमण श्री प्राइज ! गुरुदेव, मौनता, मीत छोरो हुने ! सत्य नबोल्ने, नलेख्ने ! विम्व, प्रतीक, उपमा, अलङ्कार, नो अहङ्कार, ॐ शान्ति ॐ ! ठेकेदार हो हजुर, हजुरका लागि आठ अरब अनुहार नै अपरिचित अनुहारहरू ! बेकारमा सन्तापको धून बोकेर ? उज्यालो औंसी पो खोज्ने त !  चेलो माइकल डिसुजा, बेलायतबाट ।

को मौन ? कौन ? बात करता है । हाइबरनेसन पिरियड ! तुलसी रोपेर सिस्नुघारी जन्माउने क्या, गुरु पनि ! खुराफाती दिमाग ! केही मेसो पाइन्न साधु महाराज ! हे योगी, तपस्यातिर लाग्नूहोला ! गन्तव्य नभएको बाटोमा किन लाग्ने मीर साहेब ? कमजोर रिसाउने हो ? आफ्नो गल्ती स्वीकार्ने बहादुर हो । यो भमर र फूलको गन्जागोल महाभारत हो । मौन । विवेकपूर्ण मौन ! मेरी लोककल्याणी टण्डन, नो खण्डन, ओटाङ्गबाट ! ऊ, कन्फ्यूज्ड !!

तैट !! यस्तो पनि हुन्छ ? जान जायेगा पर घोडी के पिछे नहीँ आयेगा ! जो करता है वही पाता है, मेरे बाप का क्या जाता है ! तैट ! चल सन्यासी सिक्किमतिर ! ऊ गीत गाउन थाल्यो, मुझे भूल जाना ।।।।। तू गङ्गा की मौज है ।। सात गीत गाएर दश गजल लेख्यो, मनमा  तैट !


धनराज गिरी