English poem
तिमीले प्रितको आगो नसल्काएको भए हुने
त्यो अनुपम सुगन्धमा नपल्काएको भए हुने
यो शान्त पोखरीमा किन ढुंगा हान्यौ यसरीरु
अतृप्तिको अर्धघडा नछछल्काएको भए हुने
नपरुँ भन्थें तिम्रो मायाको एम्बुसमा परि नै सकें के गर्नु ?
नसरुँ भन्थें यो मनबाट त्यता बसाइँ सरि नै सकें के गर्नु ?
के कसुर थियो र ? दियौ यति ठुलो सजाय ए ! अनामिका
नझरुँ भन्थें आँखाबाट प्रितको थोपा झरि नै सकें के गर्नु ?
पिएर तिम्रो मायाको मदिरा हरेकपल म मातिरहन्छु
बाहिर त चीसो छ तर म भने भित्र भित्रै तातिरहन्छु
मन्दिरमा पाषाणको कुनै देवता बस्नै मान्दैन अचेल
बालौँला प्रेमको लाखबत्ती बरु बाति म कातिरहन्छु ।
मोहिनी मन, झापा