• २०८१ माघ २ बुधबार

वीरेन्द्र पाठकको ‘लहरी–लहरी’ गीतसंग्रह सार्वजनिक

२०८१ असार,

काठमाडौँमाको अनामनगर स्थित किम्ची हलमा आयोजित एक कार्यक्रममा गीतकार वीरेन्द्र पाठकको गीतसङ्ग्रह ‘लहरी–लहरी’ को लोकार्पण गरिएको छ। प्रमुख अतिथि गीतकार दिनेश अधिकारी तथा विशेष अतिथिहरू गीतकार चूडामणि देवकोटा , मुक्तककार दिव्य गिरी, पुस्तकका सम्पादक विमल भौकाजी र गीतकार सुवासचन्द्र ढुङ्गेलले संयुक रुपमा पुस्तक लोकार्पण गरेका थिए ।

साहित्यकार दिव्य गिरीद्वारा स्वागत गरिएको उक्त कार्यक्रममा लोकार्पित कृतिका बारे गीतकार सुवासचन्द्र ढुङ्गेलले टिप्पणी र समीक्षा गरेका थिए भने गीतकार चूडामणि देवकोटा, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, डा. सुरेन्द्र केसी र प्रमुख अतिथि अधिकारीले शुभकामना मन्तव्य दिएका थिए ।

पुस्तकका स्रष्टा गीतकार पाठकले यो सङ्ग्रह निस्कन सहयोग गर्ने सबैलाई धन्यवाद र आभार व्यक्त गरेका थिए । ‘लहरी–लहरी’को सम्पादन विमल भौकाजीले गरेका हुन् । कार्यक्रममा उनले सम्पादन गर्दाका चुनौतीहरू प्रकाश पारेका थिए । पुस्तकभित्रबाट कवि सविता श्रेष्ठ बेहोसी र नीरा श्रेष्ठले एक–एक वटा गीत वाचन गरेका थिए । भव्य लोकार्पण समारोहका सभापतित्व भुँडीपुराण प्रकाशनको तर्फबाट केशव पराजुलीले गरेका थिए ।