समाचार

काठमाडौँ
दरबारमार्गको मायालु कम्प्लेक्सस्थित दरबार रोधी क्लबले १६ औं वार्षिकोत्सव अवसरमा वरिष्ठ लोक गायक कुमार बस्नेतलाई दीर्घसाधना सम्मान (लाइफटाइम अचिभमेन्ट)बाट सम्मानित गरिएको छ ।
दरबार रोधी क्लबद्वारा आयोजित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लामो समयदेखि लोक गायनको क्षेत्रमा बस्नेतले पुरयाएको योगदानको कदर गर्दै सम्मान दिइएको क्लबका अध्यक्ष अशोक गिरीले बताए । त्यसरी नै लोक दोहोरी गायमा पुरयाएको योगदानको कदर गर्दै क्लबले गायक बद्रि पंगेनी, कृष्ण आँशु र गायिका सुनिता दुलाललाई विशेष सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा टप राजधानी दोहोरीका सञ्चालक प्रकाश कटुवाल, नगरकोट दोहोरी साँझका सञ्चालक बिनोद श्रेष्ठ, रात्रीकालीन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का लगायतको उपस्थिति रहेको थियो ।