• २०८१ माघ ५ शनिवार

राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कवि छनोट

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय कविता महोत्सव– २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको कविता महोत्सव–२०८१ का लागि प्राप्त कविताहरूमध्ये मूल्यांकन समितिको मूल्यांकनअनुसार २५ जना कविका २५ वटा कविता छनोट भएको प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले जनाएका हुन् । महोत्सव आगामी आइतबार आयोजना हुनेछ ।