काठमाडौँ —
आख्यानकार ध्रुवचन्द्र गौतमको संस्मरणात्मक कृति ’गाँती’ सार्वजनिक भएको छ । । ’गाँती’मा आफ्नो बाल्यकालीन स्मृति र विशेषतः आमासँग जोडिएका प्रसंग छन् ।
२९ वटा उपन्याससहित ५९ कृति प्रकाशित गरिसकेका लेखक गौतमको आगामी संस्मरण श्रृङ्खलालाई क्रमशः प्रकाशित गर्दै जाने रत्न पुस्तक भण्डारका प्रकाशन गोविन्दप्रसाद श्रेष्ठले जनाएका छन् । यसअघि, आख्यानकार गौतमका रत्न पुस्तक भण्डारबाट ’चकमन्नमा एकान्त’, ’सातो’, ’अप्रिय’, ’भीमसेन ४ को खोजी’, ’जेलिएको’ लगायतका कृति प्रकाशित भइसकेका छन् ।