• २०८१ पौष २८ आइतबार

नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना पुस्तक सार्वजनिक

काठमाडौँ  ।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि आबद्ध अध्येता, अभियन्ता, व्यवसायी, विज्ञहरुद्वारा लेखिएको पुस्तक ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ सार्वजनिक भएको छ ।

नेकपा (एमाले) को पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागले प्रकाशन गरेको ८ सय ३८ पृष्ठको पुस्तकको शनिबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका थिए । समारोहमा पूर्वप्रधानमन्त्री ओलीले नेपाल देवभूमि, ज्ञानभूमि, बुद्धजन्म भूमि र तपोभूमिका रूपमा रहेकाले प्रचूर पर्यटकीय सम्भावना रहेको बताए ।