• २०८१ फागुन ३ शनिवार

धनराज गिरीका दुई गजल

१. गजल

एकोहोरो सद्भावको खेती गरी गरी !
आएकोछु तिम्रो वस्ती नारायणी तरी !

दोहोरो त कल्पना हो,यही भन्छ वेद !
वेद सत्य, गीता तथ्य भनी गाउने चरी !

दुनियाँ हो वैगुनीको निराशा हो प्राप्ति
भीड धेरै कृतघ्नको भन्थी नौली परी !

कसले सुन्यो शहीदको आवाज मुलुकमा
बलिदान त्यत्रो गरी गए साथी मरी !

हरेक बाठो चतुरेको चाल भयो सफल
बसेकोछ शीर्षतिर आफ्नै गोजी भरी !

२. गजल

यसरी यो जिन्दगानी चलाउनेगर्छु !
खुर्सानीको बोटमा अङ्गूर फलाउनेगर्छु !

मेरो शैली देखेपछि छक्क महादेव !
मुस्कानले लोहा पनि गलाउनेगर्छु !

आगो पनि आत्तिने छ देखी मेरो शक्ति
नयननीरले तीनैलोक जलाउनेगर्छु !

छैन एक्लो भित्र भित्र इमानास्त्र साथी
अहङ्कारे सत्तालाई ढलाउनेगर्छु १

सुकाउन सक्छ मलाई कुनै खडेरीले ?
दुबो हुँ म, हेर कमाल, पलाउनेगर्छु !


धनराज गिरी