English Poem
काठमाडौँ ।
विराटनगरको सीता–बालमुकुन्द पोख्रेल प्रतिष्ठानले साहित्य र समाजसेवामा दुई पुरस्कार घोषणा गरेको छ । यस वर्ष साहित्यतर्फ कवि कुन्ता शर्मा र समाजसेवातर्फ श्यामप्रसाद अधिकारी ’हिडपाली साइँलो’लाई पुरस्कार दिइने भएको हो ।
शर्मा पाँच दशकदेखि कविता विधामार्फत साहित्यको श्रीवृद्धिमा छिन् भने अधिकारी चार दशकदेखि स्वतन्त्रपूर्वक समाजसेवामा समर्पित छन्। जनही २५ हजार २ सय २५ रुपैयाँ राशिका दुवै पुरस्कार आगामी असार १५ गते विराटनगरमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेले बताए ।नवगठित प्रतिष्ठानको संरक्षकमा पूर्वाञ्चल बालसेवा आश्रम, विराटनगरकी संस्थापक अध्यक्ष सीता पोख्रेल, बालमुकुन्द पोख्रेल, सहयोग पोख्रेल, सीमा पोख्रेल र सन्तोष पोख्रेल छन् ।
