काठमाडौं,
मधुपर्क सम्मान २०८१ बाट तीन जना श्रष्टालाई सम्मान गरिएको छ ।मंगलवार एक कार्यक्रमबीच काठमाडौंमा मधुपर्क सम्मान २०८१ बाट वरिष्ठ कवि मञ्जु काँचुली तिवारी, साहित्यकार किशोर पहाडी, वरिष्ठ समालोचक प्रा. कृष्ण गौतमलाई सम्मान गरिएको हो । मधुपर्कको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा उहाँहरुलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले नेपाली साहित्यको एक अंश गोरखापत्रसँग जोडिने बताउनु भयो । उहाँले गोरखापत्रले आफ्नो यात्राका विभिन्न चरणमा नेपाली साहित्यमा ठूलो योगदान पुरयाएको बताउनु भयो । उहाँले मधुपर्क साहित्यको एउटा दस्ताबेज भएको पनि बताउनु भयो ।