English Poem

वरिष्ठ रङ्गकर्मी हरिहर शर्माका पिता नीमानन्द शर्मा पोख्रेलको असामयिक निधनप्रति श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले गहिरो शोक प्रकट गरेको छ । साहित्यकला मन्दिरका संरक्षक बसन्त चौधरीको सभापतित्वमा बसेको बैठकले स्व. नीमानन्द शर्मा पोख्रेलको तेह्रौँ पुण्यतिथिमा आज एक शोकसभाको आयोजना गरेको थियो ।
सो सभाले स्व. पोखरेलप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । वरिष्ठ कलाकार हरिहर शर्मा साहित्यकला मन्दिरका उपाध्यक्ष हुन् । स्व. पोख्रेलका श्रीमती तथा चार छोरा छन् । उहाँको निधन जेठ १२ गते आफ्नै घर नवलपरासीमा एक सय एक वर्षको उमेरमा भएको हो ।