• २०८१ फागुन ३ शनिवार

प्रवीण टन्डनको कथासंग्रह ‘जीवनका रंगहरू’लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा साहित्यकार प्रवीण टन्डनको नविनतम कृति ‘जीवनका रंगहरू’को लोकार्पण गरिएको छ । अनामनगरमा सम्पन्न उक्त लोकार्पण कार्यक्रम प्रमुख अतिथि वरिष्ठ कथाकार माया ठकुरी तथा राजेन्द्र के.सी. को अध्यक्षतामा सम्पन्न गरिएको थियो । रन्जना निरौलाको संचालन रहेको उक्त कार्यक्रममा कृति समीक्षा वरिष्ठ निबन्धकार युवराज नयाँघरे तथा कवि ऋषभ देव घिमिरेले गर्नु भएको थियो । शुभकामना मन्तव्य वरिष्ठ साहित्यकारहरू विधान आचार्य, रेणुका सोलु , लोक बहादुर टन्डन, तारा उप्रेती तथा हिरण्य कुमारी पाठकले दिनुभएको थियो ।

स्वागत मन्तव्य निर्मल पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा अनेसास नेपालका कार्यसमिति सदस्यहरू वरिष्ठ कवि तथा साहित्यकारहरू तथा लेखकका पारिवारिक सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त कथासंग्रहको भाषा सम्पादन र मुद्रण रमेश दाहालले गर्नुभएको थियो ।करीब दश वर्षअघि पहिलो कवितासँग्रह “भावहरूका लहर” प्रकाशनमा ल्याउनु भएका साहित्यकार प्रवीण टन्डनको कथासँग्रह “जीवनका रङहरू” दोस्रो कृति हो ।