समाचार

यो
यौटा
फूलको
आकाश हो
पु त ली ह रू
गुलाफी मादमा
छ म्छ मा इ र ह ने
यो मधुसाला पनि हो
जैविक आराधनाहरू
फुलाउने फक्र्याउने साथै
रङ्गीन इन्द्रेणी राहमा
सृष्टिका आयामहरू
थप्दैजाने प्राकृत
का म ना ह रू ले
रञ्जित स्नेही
आशा तीत
दुनियाँ
साँच्चै
को
रोहिणि रसिक