उनले उसलाई मन पराइन् आवरणको भरमा !
अझ अर्को कारण थियो भारु कुस्त करमा !
अति दक्ष खुराफाती कहलियो उही !
आगो लाउन अति प्रवीण अरे काँचो खरमा !
सन्तान हुँ बघिनीको डमरु हो नाम !
वास गर्छ इमानले मेरो आफ्नै घरमा !
निर्भयको गीता पढी पसेको हुँ शहर !!
बेखौफ एक मुसाफिर पुगेको हुँ बर्मा !
माया गरे सज्जनले पाएँ भित्री साथ !
भरोसा छ मित्रतामा ” साथी !” भन्ने थरमा !!
धनराज गिरी