• २०८२ आश्विन ६, सोमबार

परशु–कल्पना स्रष्टा सम्मानको घोषणा

वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत हुनुभएको ४५ औं दिनको पुन्यतिथिमा उहाँका सन्तानहरुले स्थापना गर्नुभएको अक्षयकोशबाट परशु– कल्पना स्रष्टा सम्मानझ को घोषणा गरेका छन् । यो सम्मान एक लाख एकसय एक रुपैयाँ नगद राशिसहितको हुनेछ । नेपाल स्रष्टा समाज मार्फत अर्पण गरिने सम्मान उहाँको निधन भएको दिन अर्पण गरिनेछ । नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई अर्पण गरिने परशु– कल्पना स्रष्टा सम्मान प्रत्येक वर्षको चैत ५ गते अर्पण गरिनेछ ।