• २०८१ माघ ११ शुक्रबार

लोकदोहोरी महोत्सव हुने

काठमाडौँ/११ चैत्र २०७८

चैत २५ देखि ३० सम्म काठमाडौको टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना हुने भएको छ । डिएआर म्युजिकले आयोजना गर्न लागेको महोत्सवमा नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ ।

महोत्सवमा विभिन्न जिल्लाको स्थानीय कला र संस्कृति झल्कने झाँकीदेखि विभिन्न कला- संस्कृतिसमेत प्रदर्शन गरिनेछ ।

महोत्सवमा विभिन्न सम्मानसहितको सांस्कृतिक प्रस्तुति, लोकदोहोरी प्रतियोगितासमेत हुनेछ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच, तीन र दुई लाख नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।