• २०८१ फागुन ३ शनिवार

माइतीघर मण्डला

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

हरेक घटनाको साक्षी छ
माइतीघर मण्डला !

राज्यको प्रतिनिधित्व गर्ने
सिहदरवार समिपै
फरफराउदो राष्ट्रिय झण्डा
वैदिक पद्धतिमा निमाण भएको
मण्डला
हरेक दिन ब्यस्त रहन्छ ।

अधिकारकर्मी अधिकारका लागि
किसान उखुको मूल्य खोज्न
अन्यायमा परेका न्याय खोज्न
राजनीतिकर्मी सत्ता खोज्न
सहकारी पिडित
मिटरब्याजी पिडित
आदि,आदि
दिनहु केही न केही भएकै हुन्छ ।

मण्डला !
आध्यात्मिक र अनुष्ठानको प्रतीक हो
ब्रहमाण्डको स्वरुप हो
आकारले मानव जीवनसँग अन्तर्निहीत छ
जीवनको सार पनि मानिन्छ ।

तर माइतीघर मण्डला भने
आन्दोलनको प्रतीक

बह बिसाउने चौतारी हो
भन्दा पनि फरक पर्दैन
स्वरुप बान्की जेसुकै भएपनि
फगत एउटा चोकको खुला ठाउँ
मात्र भएको छ
माइतीघर माण्डला !

उहिले दरवार अगाडि कराउथे
कराए पाइन्छ भन्थे
त्यस्तै सिहदरवार अगाडि कराउन
बनेको हो सायद मण्डला
माइतीघर माण्डला !


कैलासकुमार पाण्डेय
परशुराम १२ उनरुवा, डडेल्धुरा