• २०८१ बैशाख ३१ सोमबार

प्रकाश घायलका चार मुक्तक

प्रकाश घायल

प्रकाश घायल

निश्चल माया खुद्रामा दिउँ कि होलसेलमा दिउँ
अझ नदिको बहावमा वा खहरेको भेलमा दिउँ
यो दिल जसरी पनि दिनुनै छ एकाकार हुनुनै छ
आफैं भन सौहार्दतामा या त जालझेलमा दिउँ ।

दुःख लाग्छ भ्रष्टाचारीको भरोसा एकनास गरेका रहेछौं
राष्ट्रलाई फट्याइँ गर्ने सँग समृद्धिको आस गरेका रहेछौं
दोषी भएर कठघरामा उभिदा समेत झुठ बोल्नेहरू सँग
राष्ट्रको निमित्त नायक भन्ठानेर बिस्वास गरेका रहेछौं ।

मनभित्र असंख्य शंकै शंकाको बिउ उमार्ने रहेछन्
त्यस्कै बलमा राम्रो रहेको सम्बन्ध बिगार्ने रहेछन्
नैतिकताको कुरा गर्दै हिड्नेको ञ्बुद्धि त हेर्नुस्
घर बालेको खरानीले बारीको लसुन सपार्ने रहेछन् ।।

आफैंले आफैंलाई सर्वेसर्वा ठान्नेहरू यिनै हुन्
राम्रालाई पन्छाएर हाम्रालाई छान्नेहरू यिनै हुन्
राज्यको नितिनियम ओढ्ने ओछ्याउने बनाउदै
संविधानको मर्म माथी नै घन हान्नेहरू यिनै हुन् ।।


प्रकाश घायल