• २०८२ कार्तिक १४, शुक्रबार

जाली रुमाल छोडी जाने

भोला रिजाल

भोला रिजाल

जाली रुमाल छोडी जाने माया कहाँ छौ
मनको ढोका फोडी जाने माया कहाँ छौ

सिमल पनि ढुंगा जस्तै किन यति सारो
शीतले पनि पोल्दो रैछ पत्याउन गहारो
निर्मोहीको सम्झना झन आफैभन्दा प्यारो

न्याउली रोयो बिरहमा बुझिदिने कसले
सारङ्गीले रेटिएको सुनिदिने कसले
दुइटा मुटु छुट्याएर राख्यो दैव कसले

चखेवा र चखेवीको भेट हुँदैन कि
खोला बग्छ किनारलाई फेरी छुँदेन कि
चौतारीमा वरसँग पीपल हुँदैन कि।


भोला रिजाल