• २०८१ चैत ७ शुक्रबार

वरिष्ठ आख्यानकार परशु प्रधानप्रति श्रद्धाञ्जली अर्पण तथा वहाँको योगदानको चर्चा

काठमाडौं ।

नेपाल स्रष्टा समाजले संस्थाका प्रमुख सल्लाहकार तथा वरिष्ठ आख्यानकार परशु प्रधान प्रति श्रद्धासुमन अर्पण गर्न श्रद्धाञ्जली सभाको आयोजन गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न श्रद्धाञ्जली सभामा समाजका अध्यक्ष श्रीओम श्रेष्ठद्वारा स्वागत गरिएको कार्यक्रममा समालोचक कृष्णप्रसाद दाहालले प्रधानको व्यक्तित्व प्रष्ट पारेका थिए । साहित्यकार पवन आलोकले परशु प्रधानलाई आफ्नो गुरु तथा अभिभावकको रूपमा लिएको भन्दै उहाँसँग बिताएका संघर्षका दिनहरू सम्झँदै शब्द श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रधानका जेठा छोरा सञ्चारकर्मी प्रतीक प्रधानले मैले मेरा बुबाको बारेमा भन्नू भन्दा पनि यहाँहरूका संस्मरण नै धेरै छ भन्दै बुबा प्रति आदरभाव राख्नु हुने सबैमा कृतज्ञता अर्पण गरे । समाजका कोषाध्यक्ष तारा सुवेदीले प्रधानको व्यक्तित्व चर्चा गर्दै सभामा उपस्थित सबैलाई धन्यवाद दिएपछि कार्यक्रम समाप्त भएको थियो । समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदनको सभापतित्वमा सञ्चालित श्रद्धाञ्जलि सभाको सञ्चालन समाजका महासचिव देविका तिमिल्सिनाले गरेका थिए ।

श्रद्धाञ्जली सभामा स्रष्टा समाजसहित नेपाली शिक्षा परिषद्, साहित्यिक पत्रकार संघ, एपेक नेपाल, यशश्वी प्रज्ञा प्रतिष्ठान, शिवपुरी साहित्य समाज, नेपाल नियात्रा समाज, लघुकथा समाज, भूगोल साहित्य समाज, लघुकथा कुनो, भानु प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, जनमत वाङ्मय प्रतिष्ठान, पारिजात स्मृति केन्द्र, रचना पत्रिका, शब्दपथ’अभिव्यक्ति पत्रिका, दायित्व वाङ्मय प्रतिष्ठान, कर्मयोगी बद्रीविक्रम स्मृति सेवा गुठी, पुष्पपराग साहित्य प्रतिष्ठानलगायत ५० भन्दा बढी साहित्यिक संघ संस्थाले श्रद्धापुष्प समर्पण गरेका थिए ।


पिता

कशमकश

हाइकु