काठमाडौँ ।
रामगीता वाङ्मय मन्दिर, नेपाल–अमेरिकाले प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार तथा अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार २०८० का विजेताहरूको घोषणा गरेको छ । २०८० सालको अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार नेपाली रंगमंच र समग्र नाट्यक्षेत्रको विकासमा अग्रणी भूमिका खेल्ने वरिष्ठ रङ्गकर्मी तथा कलाकार हरिहर शर्मालाई प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । यस पुरस्कारमा पनि ५० हजार राशिसहित ताम्रपत्र रहेको छ ।
पुरस्कार आगामी वैशाख ८ गते एक विशेष समारोहबीच काठमाडौँमा अर्पण गरिने विश्वस्त सूत्रले जानकारी दिएको छ । यी यो पुरस्कार स्थापनापछि पहिलो पटक समर्पण गर्न लागिएका हुन् ।