• २०८१ कातिर्क २४ शनिवार

रहेनन् कथाकार परशु प्रधान

कथाकार परशु प्रधानको निधन भएको छ । गएराति काठमाडौं बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँलाई १०३ डिग्रीसम्मको ज्वरो आएको र आवश्यक औषधि खाएर निदाउनु भएको ११ः३० बजेतिर गएर हेर्दा महाप्रस्थान गरिसक्नु भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । परशु प्रधानका ‘सबै बिर्सिएका अनुहार’ उपन्यासलगायत ‘यौटा अर्को दन्त्यकथा, फेरि आक्रमण, वक्ररेखा आदि १३ कथासङ्ग्रह प्रकाशित छन्। पछिल्लो समय उहाँले ‘सीताहरू’ शीर्षकमा शृङ्खलाबद्ध कथाहरू पनि प्रकाशित गर्नु भएको थियो ।

केही वर्षदेखि मधुमेह र रक्तचापको उपचार गराइरहनु भएका उहाँका दुई छोरा र दुई छोरी रहेका छन् । वि.सं. २००० माघ ३० गते भोजपुरमा जन्मनु भएका कथाकार प्रधान ८० वर्षको हुनुहुन्थ्यो ।


बोल जमूरा

प्रेम में तुम्हारे

गज़ल

My Love a Feel !