• २०८२ असार १७ मङ्गलबार

जय छाङछाको नियात्राकृति ‘साङ्ग्रिलाको पुछारतिर’ प्रकाशित

काठमाडौं ।

नियात्रा विधामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार जय छाङछाको अर्को नियात्राकृति ‘साङ्ग्रिलाको पुछारतिर’ प्रकाशित भएको छ । यसअघि नियात्रा विधामै सात कृति प्रकाशित गरिसकेका उनको यो आठौँ नियात्रासंग्रह हो । यस पुस्तकलाई स्वदेश प्रकाशनले बजारमा ल्याएको हो ।उनको ‘नियात्रा: विधा परिचय’ अनुसन्धानमूलक पुस्तक पनि प्रकाशित छ ।