• २०८१ बैशाख १७ सोमबार

नारायण घिमिरेको ‘गाउँले दसैँ–तिहार, चौरासी व्यञ्जन र सोमरस’ बजारमा

नेपाली मूलका क्यानेडियन वैज्ञानिक तथा अथर्ववेदाचार्य नारायण घिमिरेको वेद र विज्ञानको दृष्टिकोणबाट लेखिएको पुस्तक ‘गाउँले दसैँ–तिहार, चौरासी व्यञ्जन र सोमरस’ हालै नेपाली बजारमा आएको छ । घिमिरेको ‘गाउँले दसैँ-तिहार, चौरासी व्यञ्जन र सोमरस’ बजारमा शिखा बुक्सले बजारमा ल्याएको पुस्तकमा घिमिरेले दसैँको चमत्कारी मालश्री धुन र त्यसको मानव मनोविज्ञानमा हुने गहिरो प्रभावबारे लेखेका छन् । दसैँमा नारी, पुरुष र तेस्रो लिंगीलाई वेदको भावार्थले दिने आशिष मन्त्र र त्यसको चुरो भावनाबारे चर्चा गरिएको छ ।

पुस्तकले वैदिक खानपान र तिनका रहस्य उजागर गर्दै दसैँ र तिहारमा हाम्रो परम्परामा रहेका मुख्य खानाको पोषणलगायत औषधीय मूल्यको मात्र नभएर त्यसको आध्यात्मिक मूल्यबारे उजागर गरेको छ । दसैँ र तिहार पर्व कसरी हरेक व्यक्तिको लागि फगत पर्व मात्र नरहेर आफैँलाई पुनः आविष्कार गर्ने अवसर हो भन्नेबारे पुस्तकले गहिरो अवधारणा अघि सारेको छ ।

पुस्तकले तिहार सूर्य सिद्धान्तको महिमा गर्न स्थापित भएको र सूर्य सिद्धान्तअन्तर्गत कसरी हाम्रो सम्पूर्ण शरीर सञ्चालनका ११ं२ प्रणालीहरूको सूर्य सिद्धान्तको दृष्टिकोण प्रस्तुत गरेको छ । लेखकले प्रवासमा रहेर नेपालका हर्बल, वैदिक खानपानबारे बुझ्ने, त्यसलाई वेद र विज्ञानको अवधारणाअन्तर्गत डिकोड गरी आयुर्वेदिक हिलिंगमा वैदिक खानपान तथा आयुर्वेदिक औषधिमूलोका बारेमा चर्चा गरेका छन् ।