• २०८२ असार २१ शनिवार

हिउँका आकृति

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

बन्छन्, भत्किन्छन
घामसंग बिलाएर जान्छन्
हिउँका आकृतिहरू

कहिँ कुनै दुरुस्त मान्छे जस्ता
कुनै जनावर त
कुनै भुत जस्ता
प्रकृतिले बनाएका
मानिसले बनाएका
फरक-फरक बान्कीका
रहर लाग्दा
कोहि डर लाग्दा
हिउँका आकृति ।

जे हुन, जस्ता हुन्
हिउँका हुन
जीवन छैन
रुपरंग र बान्की छैन
स्वरूप मात्र हुन्
देव, दानव, मानव, भुत
जीवजन्तु
केहि होइनन्
भएपनि एकछिन पग्लिने
हिउँका आकृति हुन ।

बादलबाट खस्ने बरफको गुच्छा
बादलको आकृतिमा खस्दैन
हिमपात हुँदा
कपास उडाए जस्तो
पानीको एउटा स्वरुप मात्र हो
नितान्त पानी हो पानी
पानीको फोका भन्दा अलि कडा
हिउँका आकृति ।

पानी
रंगहिन गन्धहिन र स्वाद रहित
हुन्छ भन्छन
तर पानीको हिउँ
रंग, गन्ध र स्वाद सहित हुन्छ ।

समुद्र जल
हिमाञ्चल हिउँ
हुन्छ नै
हिउँका आकृति
सबै ठाउँ हुदैनन्
सधै रहदैनन्
रहदा सम्म गजबका हुन्छ
डराउछन्
मन जित्छन
सम्मोहित पार्छन्
पग्लेर जान्छन
हिउँका आकृति ।

हिउँ खाउन
हिउँ खेलुन
हिउँसंग रमाउन
दृश्यावलोकन गरुन
स्नेह, प्रेम गरुन
आखिर
पग्लेर जान्छन
हिउँका आकृति ।


कैलासकुमार पाण्डेय
परशुराम १२ उनरुवा, डडेल्धुरा