• २०८२ श्रावाण ४ शनिवार

महाराजको शासनमा

सूरेन्द्रकूमार हिला

सूरेन्द्रकूमार हिला

ब्यावस्था ढाल्ने मुर्दावाद नभन
जिन्दावाद भन
वदलामा
ललितानिवास, यती, ओम्नी, लाउडा काण्ड
छानी छानी लैजाऊ
जयजय लेख
वदलामा
नियूक्ती, तक्मा, अनूदान
छानी छानी लैजाऊ
वाहीवाही गाऊ
वदलामा
शिरोमणि, सम्राट पदवी
छानी छानी लैजाऊ
पाउमा मालीस गर
पिढ्यूमा बोकेर खोला तार
वदलामा
पूलको, सडकको, भवनको ठेक्का
छानी छानी लैजाऊ
थोरै काध थाम
वदलामा
प्रहरी, कर्मचारी, डक्टर
छानी छानी कूट–पिट
हिस्साको दाम चढाऊ
वदलामा
एयरपोर्टबाट सून छिराऊ
विना भन्सार नुन छिराऊ
जे गर्छौ, छानी छानी लैजाऊ
महाराजको सासनमा
सबै मान्य छ
खाली महाराजको
बिरोध मान्य छैन
मुर्दावाद मान्य छैन
कालो झण्डा मान्य छैन ।


सुरेन्द्रकूमार हिला