समाचार

हिमालयबाट
सहस्र बगेका नदीनालाहरू हो
के तिमीहरूले
मरुभूमिबाट संकलित एक बूँद पानीको
प्यास मेटाउन सक्छौ ?
तिम्रो अजस्र स्रोत हिमालय हो
अविरल बगिरहन्छौ
सकिन्नौ !
सम्पन्न छौ
दान दक्षिणा दिन सक्छौ
भोजन गराउन सक्छौ
असङ्ख्य भजन मण्डलीहरूलाई !
जयजयकार गराउन पनि सक्छौ
आत्मतुष्टीको लागि !
त्यो जय शंकर छ नि ?
हात खुट्टा नभएको
बोल्न न जान्ने
अनपढ
गवाँर
उसले समुद्रबाट
एक थोपा जल लिएर
हिमालयको शिरमा चढाएको थियो
र
हिमाल
ढुक्कले पग्लिएर
अविरल बहिरहेको छ !
कात्यायन
चाबहिल, काठमाडौँ–७