हिन्दी कविता

म
फेरि
आउँछु
एक मात्र
आश्वासन हो
कसले जान्दछ
असमर्थ छ मान्छे
फेरि पनि मै हुँ भन्छ
दाता भाग्य विधाता बन्छ
प्रकृतिको नियम जानेन
तर किन जान्ने बनेको
अज्ञानी भनौ या ज्ञानी
सारै गाह्रो छ जान्न
अभेद्य रहस्य
जन्म मृत्युको
कसैलाई
थाहा नै
छैन
लौ।
गिरिधारी उपाध्याय
गेलापोखरी
विश्वनाथ असम