• २०८१ कातिर्क २४ शनिवार

कृष्णबहादुर कुबँरद्वारा लिखित ’पुराणमा के छ’ पुस्तक सार्वजनिक

साँस्कृतिक चिन्तक कृष्णबहादुर कुबँरद्वारा लिखित ’पुराणमा के छ’ पुस्तकको एक समारोहका बिच बिमोचन गरिएको छ । पुस्तकको बिमोचन शचाब्दीपुरूष पं. परशुराम पन्थीले गर्नुभएको थियो । पुस्तकमाथीको प्रकाश प्रा.शशी पन्थी र छन्दबहादुर पहराईले गर्नुभएको थियो । छवि पाण्डेको शुभकामना मन्तब्य र स्वागत पुष्पा पन्थीलेको रहेको थियो ।कार्यक्रमको अध्यक्षता बिन्दु पन्थी मरासिनीले गर्नुभएको थियो भने सञ्चालन सुदर्शन खनालको रहेको थियो ।

१८ पुराणलाई एउटै पुस्तकमार्फत नेपाली भाषामा तयार पारेर पाठकसामु ल्याईएको पुस्तक आगामी पुस्ताका लागि फलदायी रहने बिश्वास गरिएको  छ । कार्यक्रमलाई समाबेशी बनाउने कोसिस गरिएको थियो ।