काठमाडौँ, २९ फागुन, २०७८
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले शनिबार अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा महिला सशक्तीकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा एक काव्योत्सवको आयोजना गरेको थियो । अनेसास नेपालका अध्यक्ष सन्ध्या पहाडीले स्वागत मन्तव्य प्रकट गरेको उक्त समारोहमा विश्वविमोहन श्रेष्ठ, बाबुराम पोखरेल, विमल गिरी, डम्बर पहाडी, देवेन्द्र केसी, निर्मलरमण पराजुली, ओमलाल प्रथाले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । वाचन गरिएका रचनाहरू माथि डा. शान्तिमाया गिरीले समालोचकीय मन्तव्य र उप प्राध्यापक शारदा पाण्डेले विशेष मन्तव्य प्रकट गरेका थिए । अग्रजको सम्मान र अनुजलाई प्रेरणा भन्ने उद्देश्यले अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षताकालमा काव्योत्सवको आयोजना गरिएको थियोे ।