• २०८१ असार ३२ सोमबार

अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान

गैरआवासीय नेपाली सङ्घले नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा दिँदै उहाँहरुको योगदानको कदर गर्नका लागि सन् २०२१ देखि प्रत्येक वर्ष दुई लाख राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा संघले २०२३ का लागि कृतिहरू आह्वान गरेको छ ।गैरआवासीय नेपाली सङ्घको विधानले ‘गैरआवासीय नेपाली’ भनेर परिभाषित गरे बमोजिम प्रवासमा रहेका नेपाली लेखकहरूद्वारा लिखित नेपाली वाङ्मयका कुनै पनि विधाका कृतिहरू यस पुरस्कारका लागि योग्य हुने बताइएको छ ।

यस वर्ष (सन् २०२३) को पुरस्कारका लागि वि.सं २०७९ सालभरिमा प्रकाशित कृतिहरू मात्र पुरस्कारका लागि समावेश गरिने भएको छ ।लेखक, प्रकाशक वा लेखकको स्वीकृतिमा शुभचिन्तक समेतले प्रकाशित कृति (तीन प्रति) पठाउनुपर्ने, प्रकाशित कृतिहरू यसै वर्षको अगस्त महिनाको अन्त्यसम्म पुरस्कार व्यवस्थापन समितिमा प्राप्त हुने गरी पठाइसक्नु पर्ने तथा कतिपय अवस्थामा समिति आफैंले पनि कृतिहरू सङ्कलन गर्न सक्ने बताइएको छ । पुरस्कृत कृतिको घोषणा सेप्टेम्बर महिनामा र पुरस्कार समर्पण अक्टोबर महिनामा गरिने जनाइएको छ ।