नेपाल बालसाहित्य समाजले विभिन्न दाताहरूबाट स्थापित चारवटा पुरस्कार प्राप्त गर्नुहुने चार बालसाहित्य स्रष्टाको नाम घोषणा गरेको छ । सबै पुरस्कार २०८१ सालका हुन् । समाजका अनुसार नेबासास मुकेश-जनक बालसाहित्य विज्ञान पुरस्कार डा. तीर्थबहादुर श्रेष्ठ र नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार डा। अम्बिका घिमिरेलाई प्रदान गरिने छ ।
यसैगरी नेबासास चूडा-चरण बालजीवनी पुरस्कार तेजप्रकाश श्रेष्ठ र नेबासास तेज-प्रतिभा बालनियात्रा पुरस्कार सुशीला देउजालाई प्रदान गरिनेछ । ती पुरस्कारहरू क्रमशस् प्रा. डा. मुकेशकुमार चालिसे र जनक चालिसे, प्रा. डा. ध्रुवकुमार धिमिरे र सुशीला घिमिरे, प्रा. डा. चूडामणि बन्धु र चरण रेग्मी तथा तेजप्रकाश श्रेष्ठ र प्रतिभा श्रेष्ठका सन्तानहरूले आ-आफ्ना मातापिताको नाममा राखिदिनुभएको हो ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा आज बसेको बैठकले सो घोषणा गरेको हो । यसअघि पुरस्कार संस्थापकहरूको उपस्थितिमा भएको पुरस्कार सिफारिस समितिको बैठकले ती नामहरू सिफारिस गरेको थियो । ती सबै पुरस्कारअन्तर्गत रू १५ हजार राशि र सम्मानपत्र रहेको छ । पुरस्कार आगामी मङ्सिरको पहिलो सातामा दाङमा हुने राष्ट्रिय बालसाहित्य सम्मेलनमा समर्पण गरिने कार्यक्रम छ ।