• २०८२ बैशाख ७ आइतबार

डा. अर्जुनदेव भट्टका चार कृति सार्वजनिक

काठमाडौं, २०८० माघ ।

वरिष्ठ युरोलोजिष्ट डा. अर्जुनदेव भट्टका एकै पटक चार कृतिको लोकार्पण गरिएको छ । काठमाडौँको धुम्बाराही अवस्थित आकामा होटलमा कृतिहरूको लोकार्पण गरिएको हो ।

कलानिधि दाहालको सभापतित्व, छन्द अभियन्ता तथा सशक्त पद्य कवि डा. देवी नेपालको प्रमुख आमन्त्रित आतिथ्य, भैरवी भूगोलको आकर्षक उद्घोषण, कृतिनायक डा.अर्जुनदेव भट्ट, चार कृतिका समीक्षक विचारोत्तेजक विचारक तथा सामाजिक अभियन्ता खगेन्द्र सङ्ग्रौला, बहुआयामिक व्यक्तित्व पुरुषोत्तम दाहाल, भाषा आयोग सदस्य डा.पुष्कर भट्टको विशिष्ट आतिथ्यमा कार्यक्रम पानसमा दीपोज्वलन र राष्ट्रियगानपछि सुरु भएको थियो ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँका सर्वपक्षीय संस्थापक अध्यक्ष, अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देलको स्वागत मन्तव्य लगत्तै कृति लोकार्पित भए । डा. भट्टका कृति–“मेरी आमा”का बारेमा खगेन्द्र सङ्ग्रौला,“युध्दविनाको युध्द”का बारेमा डा.पुष्कर भट्ट,”रूपान्तरण ” का बारेमा पुरुषोत्तम दाहाल, “समय यात्रा”का बारेमा कलानिधि दाहालले चर्चा गरे ।

यससँगै सिङ्गो लेखक भट्ट र उनका कार्यप्रति शुभकामना व्यक्त गर्ने व्यक्तित्वमा पूर्व मन्त्री गणेश साह, हरि गौतम, विष्णुप्रसाद पन्त र डा.खेम कोइराला बन्धु रहे । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संस्थाका संरक्षक समालोचक तथा कवि युवराज मैनालीले लेखक डा.अर्जुनदेव भट्टलाई वधाइ समर्पित पनि गरे । ठिक समयमा सुरु भएको कार्यक्रम लगातार निस्तव्ध रूपमा साँढे तीन घन्टासम्म चलेको थियो ।