समाचार

म भावनाले यति भरिएको छु
कि म सहजै विश्वास गर्नसक्छु
कि म साच्चै भावुक छु
तर जब म यो कुरा मनन गर्छु
पाउँछु कि यो सबै विचारमा थियो
मैले कुनैपनि भाव महशुस गरिन ।
हामी सबै जो जीवित छौँ
आफ्नो एउटा जीवन बिताउछौँ यही जिउनमा
र अर्को जीवन त्यसबारे सोच्नमा
र जुन एक्लो जीवन हामीसँग हुन्छ
त्यो बाँडिएको हुन्छ- साँचो र झुठो जीवनमा ।
तर कसैले पनि भन्न सक्तैन
कुन चाहिँ साँचो हो
र झुठो कुन चाँहि
र जसै जसै हामी जिइ रहन्छौ
जुन जीवन हामी जिउँछौ
त्यो अभिशप्त रहन्छ- सोच्नका लागि ।
अनुवाद: राजेन्द्र शलभ