• २०८१ जेठ ५ शनिवार

नेपाल सरकारद्वारा जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि दिने निर्णय गरेको छ । पर्यटन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।

गायक टुहुरेको निधनको २ वर्षपछि सरकारले उपाधि दिएको हो । ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा गायक टुहुरेको निधन भएको थियो । टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई ।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ । टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् ।

सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।