समाचार

काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मातृभाषा कविता महोत्सवको हुने भएको छ । मातृभाषा दिवसको अवसरमा प्रतिष्ठानले फागुन ९ गते महोत्सव गर्न लागेको हो ।
प्रतिष्ठानले जारी गरेको एक सार्वजनिक सूचनामा इच्छुक कविहरुसँग मातृभाषाका कविता माग गरिएको छ । कविता बढीमा १५० शब्दको हुनुपर्ने र कम्प्युटरमा टाइप गरेर माघ २५ गतेभित्र आइपुग्नेगरी प्रतिष्ठानमा पठाउन सूचित गरिएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक फेब्रुअरी २१ मा मनाउने गरिन्छ ।